प्रज्जवल थापा
तनहुँ । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा सिटीले वुल्भलाई ३(१ गोल अन्तरले पराजित गर्यो ।
वुल्भको रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले गरेको गोल सान्त्वनामा सिमित रह्यो । वुल्भलाई सुरुदेखि नै दबावमा राखेको सिटीले २०औँ मिनेटमा डि ब्रुयनको गोलमार्फत अग्रता लिएको थियो । विपक्षी खेलाडीले पेनाल्टी बक्समा केचिन डि ब्रुयनमाथि फवल गरेपछि प्राप्त पेनाल्टीमा ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३१औँ मिनेटमा फिल फोडेनले रहिम स्ट्रलिङको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वुल्भले पाएको अवसर उपयोग गर्न नसक्दा खेलमा फार्किन अन्तिम समयसम्म कुर्नु पर्यो । ७८औँ मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । इन्जुरी समयको पाँचौँ मिनेटमा डि ब्रुयनको पासमा जेससले गोल गर्दै सिटीलाई ३–१ को जित सुनिश्चित गरे।
यस्तै लिगको अर्को खेलमा इज्री कोन्साको गोलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

