आफ्नै सहकर्मीलाई बलात्कार गरेका आरोपमा तीन युवा पक्राउ

बनेपा । एउटै स्थानमा काम गर्ने महिलालाई करणीका आरोपमा तीन युवालाई पक्राउ गरी काभ्रे प्रहरीले सोमबार सार्वजनिक गरेको छ । आफूलाई करणी गरेको भनी पीडितले दिएको उजूरीपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका–१ घर भई धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्ने २२ वर्षीय विशाल आले, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बङ्गाल वीरभीमका २३ वर्षीय रघुनाथ मण्डल रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त युवाले रामेछापकी महिलालाई विभिन्न मितिमा डर, त्रास र धम्की दिई पटकपट करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आरोपित तीन युवा सोही पोल्ट्री फर्ममा काम गर्ने मजदूर हुन् । शनिबार पक्राउ परेका युवाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *