काठमाडौं । कोटेश्वरस्थित पेरिसडाँडास्थित सत्तारुढ नेकपाको कार्यालयको गेटअघि धर्ना दिन पुगेकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई आफ्नो पति रहेको भन्दै नाता सम्बन्ध कायम गरी अंश मागसहित मुद्दा दायर गरेकी खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर राखिएको र बैठक सकिएपछि छाडिने प्रहरीले जनाएको छ । राईविरुको प्रमाण पुर्याउन नसकेको भन्दै खड्काले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्तासमेत लिएकी थिइन् ।
उनले राईले आफूमाथि दुव्र्यहार गरेको अरोप लगाउँदै आएकी छन् । अहिले पेरिसडाँडामा नेकपा सचिवालय बैठक चलिरहेको छ ।
