प्रज्जल थापा
तनहूँ । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै छन् । म्याड्रिडको लागि यो लिगमा पहिलो खेल हुनेछ । रियल म्याड्रिड अघिल्लो सिजनको च्याम्पियन टोली हो ।
सोसिडाडको रंगशाला रियाले एरिनामा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । डिफेन्डिङ च्याम्पियन म्याड्रिड जितको साथ लिगको सुरुवात गर्न चाहन्छ । यस्तै पहिलो खेलमा बराबरीमा रोकिएको सोसिडाड पनि जितको खोजीमा हुनेछ ।
दुई टोली बीचको अन्तिम २१ खेलमा १६ खेलमा रियल म्याड्रिडले जित दर्ता गरेको छ । ४ खेलमा सोसिडाड विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
