प्रिमियर लिगको आफ्नो पहिलो खेलना म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा युनाईटेड क्रिसल प्यालेससित पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा प्यालेसलाई जित दिलाउन जाहाले दुई र टाउनसेन्डले एक गोल गरे। युनाईटेडको कमजोर डिफेन्सको फाइदा उठाउँदै टाउनसेन्डले प्यालेसलाई सातौं मिनेटमा अग्रता दिलाए । २० औं मिनेटमा पोग्वाले हानेको बललाई प्यालेसका गोलकिप्परले उत्कृष्ट बचाउन गरे । ४५ औं मिनेटमा एनिउले हानेको बललाई डिजियाले बचाउ गरे । ७१ औं मिनेमा युनाईटेडका खेलाडीले पेनाल्टी क्षेत्रमा हेन्ड गरेपछि प्यालेसले पेनाल्टी पाएको थियो । तर एनिउले हानेको पेनाल्टी युनाइटेडका गोलरक्षक डिजियाले बचाउ गरेपनि मान्य भएन । पुनः लिएको पेनाल्टीमा जाहाले गोल गर्दा युनाइटेड दुई गोलले पछि परेको थियो ।
वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्दै युनाइटेडका लागि लिगमा डेब्यु गरेका भान डेविकले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो र टोलिलो लागि तेस्रो गोल गर्दै युनाइटेडलाई हार चखाए । जितसँगै प्यालेस दुई खेलमा शतप्रतिशत नतिजा निकल्दै तेस्रो स्थानमा उक्लिएको छ ।
अर्को खेलमा कार्भेट लेविनको ह्याट्रिकको सहयोगमा एभर्टनले वेस्ट ब्रोमलाई ५/२ गोल अन्तरले पराजित गरेको छ । गोडिसन पार्कमा भएको खेलमा लेविनले ३१, ६२ र ६६ औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा हमेस रोड्रिग्वेजले ४५ र केयनले ५४ औ मिनेटमा गोल गरे ।
वेस्ट ब्रोमको लागि डियागना र पेरेराले गरेको गोल सान्त्वनामा सिमित रह्यो। जित सँगै एभर्टन ६ अङ्क जोड्दै शिर्ष स्थानम रहेको छ । अन्य खेलमा लाकाजेट्टे र केतियाको गोलमा आर्सनले वेस्ट ह्यामलाई २/१ गोल अन्तरले पराजित गरेको छ। लिड्सलेपनि लिगमा आफ्नो पहिलो जित दर्ता गेर्ने क्रममा फुल्हामलाई ४/३ गोलले पराजित गरेको छ।
