नेपाललाई रेल अनुदानमा दिएको भन्दै भारतीय रेलमन्त्री गोयलले भ्रम छरे

काठमाडौं । नेपालले किनेको दुईवटा रेललाई भारतले दिएको भन्दै एक भारतीय मन्त्रीले भ्रम छरेका छन् । भारतीय रेलमन्त्री पीयूस गोयलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाललाई दुई वटा रेल दिएको धारणा सार्वजनिक गरेका थिए । उनको धारणामाथि प्रतिक्रिया जनाउँदै सर्वसाधारणले व्यापक आलोचना गरेका छन् ।

तर उनले भनेजस्तो रेल भारतले दिएको नभइ नेपालले ८४ कराड ६५ लाखमा किनेको हो । भारतीय मन्त्रीको भनाइ खण्डन गर्दै भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले भारतसँग नेपालले ८४ करोड ६५ लाखमा रेल खरिद गरेको बताएका छन् । उनले भने, “नेपालले भारतीय रेल कम्पनी केआरसीएलबाट रु ८४ करोड ६५ लाखमा खरिद गरेको डेमु २ सेट रेल जनकपुर ल्याई टेस्टिङ र कमिसनिङ गरियो ।”

यद्यपि भारतले रेलमार्ग भने बनाइदिएको हो । जयनगर–जनकपुर रेलमार्ग बनाउन भारतले सात अर्बरुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । मन्त्री नेम्वाङले जयनगर–जनकपुर रेलमार्ग निर्माण सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिँदै समाजिक सञ्जालमार्फत “यस्ता सहकार्यले दुई देशका जनता थप लाभान्वित हुनेछन् र हाम्रा सम्बन्धहरु झन् प्रगाढ बन्दै जानेछन्,” भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *