काठमाडौँ । रानी पोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार एक हप्ताभित्र रानीपोखरी पुनर्निर्माणको काम सकिने छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिककृत सुशील ज्ञवालीले एक हप्ताभित्र रानी पोखरीको पुनर्निर्माणको पहिलो चरणको कार्य सम्पन्न हुने जानकारी दिए ।
पोखरीको पहिलो तहमा पानी भर्ने कार्य आइतबारसम्ममा सकिने उनले बताए । पोखरीमा ३ करोड लिटर पानी भरिनेछ । पोखरीको ३ वटै तहमा करिब १४ करोड लिटर पानी अट्ने भएपनि अहिले भरिएको पानी स्थिर भएपछि विस्तारै अन्य तहहरुमा पानी भरिने बताइएको छ ।










