संविधानलाई सर्वस्वीकार्य बनाउन काँग्रेस नेता जोशीको माग

काठमाडौँ । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसको भएको बताएका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा आज आयोजना गरेको ‘संविधान, लोकतान्त्रिक पद्धति र सरकारको कार्यशैली’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्ने जिम्मा काँग्रेसको भएको बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका नेता जोशीले सरकारले संविधानको मर्म र भावनाविपरीत काम गरेको आरोप समेत लगाए । नेका केन्द्रीय सदस्य पुष्पा भुसालले संविधानको निशर्त पालना गर्नमा सरकार चुकेको बताए । “वर्तमान सरकार संविधानलाई कमजोर पारेर आफू अनुकुल केन्द्रीकृत शासन प्रणालीतर्फ उन्मुख भएको छ,”उनले भने ।

राजनीतिक विश्लेषक लोकराज बराल, पत्रकार प्रतीक प्रधान, नेका पर्साका सभापति अजय द्धिवेदीलगायतले बहुमतका आधारमा सरकारले विधेयकलाई पारित गर्दै गएर संविधानको उपहास गर्न खोजेको बताएका थिए । उनीहरुले संविधानलाई सर्वस्वीकार्य बनाउँदै अगाडि बढ्नुपर्ने धारणासमेत राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *