प्रज्जवल थापा
तनहूँ । अखिल नेपाल फूटबल संघ (एन्फा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति दिन माग गरेको छ । विदेशी टीमले नेपालसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेपछि एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निवेदन दिएको छ ।
एन्फालाई एक साताअगाडि नेपाली राष्ट्रिय फूटबल टोलीसँग मैत्रीपूर्ण खेलका लागि बगंलादेश, मंगोलिया र डोमिनिक गरी तीन देशले प्रस्ताव राखेका थिए । अहिले कोरोना भाइरसको महामारीका कारण नेपाली खेलाडीहरुले कुनै अभ्यास गर्न पाएका छैनन् ।
अन्य देश मैत्रीपूर्ण खेल खेल्न नेपाल आउन तयार भएको कारण राखेपामा निवेदन दिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिएका छन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली र राखेप सदस्य सचिव सिलवालबीच राष्ट्रिय टोलीको प्रशिक्षण सञ्चालन गर्ने विषयमा गम्भीर छलफलसमेत भएको थियो ।
