कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार हुँदै गएपछि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत महामन्त्री कोइरालालाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

गत मंगलबार राति एक्कासी स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमा बसेका कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।

उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि कोइरालाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ्लाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु । मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसँगै आजै अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशसनमै रहने छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *