प्रज्जवल थापा
तनहुँ। जर्मन बुण्डेसलिगाको सिजको पहिलो खेलमा बार्यनले सनदार जित निकालेको छ।
शुक्रबार राती भएको खेलमा बार्यनले साल्केलाई ८– ० गोल अन्तरले पराजित गरेको छ।
बार्यनको एलिनाज एरिनामा भएको खेलमा डिफेन्डिन च्याम्पियनलाई जित दिलाउन सेर्ज जिनाब्रीले ह्याट्रिक पूरा गरे। शुरुदेखी नै आक्रमण रुपमा प्रस्तुत भएको बार्यलाई साल्केले कुनै समय दबाब दिन सकेन।
खेलको चौथो मिनेटमा नै जिनाब्रीले किमिचको पासमा गर्दै बार्यनलाई शुरुवाती अग्रता दिलाएका थिए। १९ औ मिनेटमा लियोन गोर्टेजकाले गोल गर्दै अग्रता दोब्बर पारे। उनले थोमन मुलरको पासमा गोल गरे।यस्तै ३१ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा ३ गोल बेहोरेको साल्केले दोस्रो हाफमा ५ गोल बेहोर्यो। दोस्रो हाफको सुरुवातमै लोरि सानेको गोलमा सर्ज जिनाब्रीले गोल गर्दै बार्यनलाई ४–० को फराकिलो अग्रता दिलाए। ५९ औ मिनेटमा फेरि सानेको पासमा जिनाब्रीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।
६९ मिनेटमा लेवान्डोस्कीको पासमा थोमस मुलरले गोल गरे। ७१ औ मिनेटमा किमिचको पासमा लोरि सानेले गोल गर्दा बार्यन ७–० गोलले अगाडि बढेको थियो। सानेको बार्यकोलागि यो पहिलो गोल थियो। ८१ औ मिनेटमा लेवान्डोस्कीको पासमा जामल मुसिलाले गोल गर्दै बार्यनलाई ८–० गोल अन्तरको जित दिलाए।
बार्यनको फराकिलो जित, साल्के ८-० गोलले पराजित
