प्रज्जवल थापा
जर्मन लिग बुन्डेसलिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । पहिलो खेलमा बायर्न म्युनिखले साल्केको सामना गर्नेछ । बायर्न अघिल्लो सिजनको च्याम्पियन हो ।
आजराति हुने अलिनाज एरिनामा हुने खेलमा डिफेन्डिङ च्याम्पियन टोली जितसहित लिगको सुरुवात गर्न चाहन्छ । यस्तै अघिल्लो सिजन राम्रो प्रदर्शन गर्न नसकेको साल्केपनि राम्रो सुरुवात गर्न चाहन्छ ।
बायर्न म्युनिखले साल्के विरुद्धको अन्तिम ८ खेलमा सबैमा जित दर्ता गरेको छ । खेल नेपाली समय अनुसार राति १२ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्नेछ ।
