प्रज्जवल थापा
रियल म्याड्रिडका स्ट्राइकर गेरेथ बेललाई टोटेन्हाम लोनमा पठाउने रियल म्याड्रिडले तयारी गरिराखेको छ । सिजन सुरुवातबाटै बेललाई बेच्ने खबर बाहिर आएको थियो ।
वेल्सका स्ट्राइकर गेरेथ बेल टोटेन्हामका पुर्व खेलाडी हुन् । अघिल्लो सिजन प्रशिक्षक जिनेदिन जिदानको रोजाइमा नपरेका बेललाई बेच्ने खबर सुरुबाटै आएको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रियलले बेललाई रोनमा पठाउने भएको बताएका छन् ।
त्यसमा टोटेन्हाम पनि तयार रहेको र छिट्टै बेल टोटेन्हामको खेलाडी बन्ने बताएका छन् । बेल सन् २०१३ मा टोटेनहमबाट त्यसबेलाको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए । रियल म्याड्रिडमा रहेर २ सय ५१ खेल खेल्दै उनले १ सय ५ गोल गरेका छन् ।
बेलले म्याड्रिडबाट ४ पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन्। पछिल्लो पटक च्याम्पियन्स लिग जित्दा उनले फाइनलमा लिभरपुल विरुद्ध २ गोल गरेका थिए।
