आईपिएल प्रिभ्युः कसले जित्ला यस वर्षको आईपिएल उपाधि

-प्रज्जवल थापा

तनहुँ । विश्वको नम्बर १ फ्रेन्चाइज प्रतियोगिता हो, इण्डियन प्रिमियर लिग (आईपिएल)। अन्य थुप्रै फ्रेन्चाइज प्रतियोगिता भए पनि आईपिएल अरुभन्दा विशेष छ । यस प्रतियोगिता खेल्ने हर कोही खेलाडीको चाहना हुन्छ । चाहे त्यो जुनसुकै देशका खेलाडी हुन्, सबैले आईपिएल खेल्ने सपना लिएका हुन्छन् ।

अन्य सबै खेलकुद प्रतियोगिता जस्तै आईपिएललाई पनि कोरोना भाइरसले तोकेको समयमा सुरु हुन दिएन । हरेक वर्ष भारतमा हुने प्रतियोगिता यस पटक युएई पुगेको छ । १३ औँ संस्करणको आईपिएल यही सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुनेछ । यद्यपि युएइका रंगशालामा दर्शकको उपस्थिति रहने छैन । दर्शकविनाको खेल सबै खेलाडीहरुको लागि नौलो अनुभव हुनेछ । सधैँ भरिभाउ रंगशाला खेल्ने खेलाडीहरु खाली रंगशालामा खेल्नेछन् । पहिलो खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किङ्सको सामना गर्नेछ ।

अहिलेसम्म मुम्बई इन्डियन्सले सार्वधिक ४ पटक उपाधि जितेको छ । यस्तै आईपिएलमा सर्वाधिक रन भारतीय ब्याट्सम्यान विराट कोइली (५४२) ले बनाएका छन् भने सर्वाधिक विकेट श्रीलङ्कन लासिथ मालिङ्गाले (१७०) लिएका छन् । १३औं संस्करणको ड्रिम ११ आईपिएलमा सधैँ जस्तै आठ टिमको सहभागिता रहनेछ । विश्वभरिका सबै क्रिकेटप्रेमीले विशेष चासो राख्ने एउटै विषय हो– यसपटकको आईपिएल कस्ले जित्ला त ?

१. मुम्बई इण्डियन्स्

प्रतियोगिताको सबैभन्दा धेरैपटक उपाधि जित्ने टिम हो मुम्बई इण्डियन्स् । यसअघिको संस्करण पनि मुम्बईले नै जितेको थियो । यस वर्ष पनि त्यही लयलाई निरन्तरता दिने मुम्बईको लक्ष्य हुनेछ । मुम्बईको सबै क्षेत्र उत्तिकै बलियो छ । ओपनिङमा साउथ अफ्रिकाका कप्तान क्वुन्टिन डि कक र भारतीय उपकप्तान रोहित शर्माको जोडी नजम्ला भन्न सकिँदैन । दुवै खेलाडी अघिल्लो वर्ष निकै राम्रो फर्ममा थिए । अलराउडरमा सबैभन्दा बलियो टिम यही हो भन्दा फरक पर्दैन। हार्दिक पाण्ड्य, कुर्नाल पाण्ड्य र काइरन पोर्लाडलाई रोक्न अन्य टिमलाई पक्कै गाह्रो पर्नेछ । पोर्लाड भर्खरै सम्पनन सिपिएलका उत्कृष्ट खेलाडी हुन् । मुम्बईको लागि बलिङको नेतृत्व जस्प्रित बुम्राले गर्नेछन् । बलिङमा बुम्रालाई तीब्र गतिका बलर बोल्ट, मध्यम गतिका बलर हार्दिक र स्पिनर कुर्नाल, राहुल चाहरले साथ दिनेछन्। समग्रमा हेर्दा मुम्बईको टिम सबै क्षेत्रमा बलियो देखिएको छ ।

प्लेयर टु वाचः रोहित शर्मा

रोहित शर्मा आईपिएल इतिहासमा सबैभन्दा सफल कप्तान हुन् । उनले आफ्नो टीमलाइई ४ पटक उपाधि जिताई सकेका छन् । ३३ वर्षीय रोहितले आईपिएलमा १८३ खेल खेल्दै ४८९८ रन बनाइसकेका छन् । अघिल्लो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेका रोहितले मुम्बईलाई आईपिएल च्याम्पियन बनाएका थिए । टोलीमा उनको विशेष भुमिका रहेने गर्छ । कोरोना भाइरसले क्रिकेट अबरुद्ध हुनुभन्दा अगाडि रोहित खेल जीवनकै उच्च फर्ममा थिए । त्यसैले पनि यस पटक उनीबाट धेरै आशा गरिएको छ ।

मुम्बई इण्डियन्सको सम्भावित प्लेइङ ११ः डि कक (विकेट किप्पर), रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, इसान किशान, हार्दिक पाण्ड्य, काइरन पोलार्ड, कुर्नाल पाण्ड्य, राहुल चाहर, जेम्स पेट्टिसन, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्रा

२. चेन्नाइ सुपर किङ्स

चेन्नाई सुपर किङ्सले अहिलेसम्म तीन पटक आईपिएल उपाधि जितेको छ । धोनीको कप्तानीमा रहेको चेन्नाई अघिल्लो संस्करणको उपविजेता टोली हो । यस सिजन पनि चेन्नाई उपाधिको लागि प्रमुख दाबेदार मानिएको छ । सुरेश रैनाले यस सिजनमा खेल्ने छैनन् । जुन टोलीको लागि ठूलो घाटा हुन सक्छ तर सेन वाट्सन र फाफ डुप्लेसीले राम्रो सुरुवात गराउन सकेमा इनिङ्को समाप्तीमा धोनीले उत्कृष्ट प्रदर्शन गर्नेमा दुई मत छैन । अलराउडर बार्भो सबैको मन जित्नेमा विश्वस्त हुन सकिन्छ । स्पिनर रविन्द्र जडेजा, इमराज ताहिर, तीब्र गतिका बलर हल्लेजवुड, दीपक चहारले बलिङ समाल्नेछन् ।

प्लेयर टु वाचः महेन्द्रसिंह धोनी

चेन्नाईका कप्तान धोनी ‘क्याप्टेन कुल’ उपनामले परिचित छन् । उनकै कप्तानीमा चेन्नाई अन्य टोलीभन्दा धेरै पटक फाइनल पुगेको छ । उनको कप्तानीको त जति चर्चा गरे पनि पुग्दैन तर टिममा उनको भुमिका विशेष रहन सक्छ । भर्खरै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका धोनी १४ महिनापछि मैदानमा फर्किँदै छन् । उनले अन्तिम खेल विश्वकपमा न्युजिल्याडविरुद्ध खेलेका थिए । धोनीले आइपिएलमा ४,४३२ रन बनाइसकेका छन् । उनी आइपिएलमा धेरै रन बनाउने खेलाडीमा सातौँ स्थानमा छन् । धोनीले पछिल्लो दुई सिजनमा ७९.१८ को औसातमा ८७१ रन बनाएका थिए । यस वर्ष पनि उनी त्यही लयमा देखिने सबैको आशा छ ।

चेन्नाईका सम्भावित प्लेइङ ११ः मुरली विजय, सेन वाट्सन, फाफ डुप्लेसी, अम्बती रायडु, केदार ज्यादव, महेन्द्रसिह धोनी (कप्तान), बाभ्रो, रविन्द्र जडेजा, साम कुरान, सार्धुल ठाकुर, दीपक चाहार

३. राजस्थान रोयल्स

राजस्थान रोयल्सलाई एक मध्यम टोलीको रुपमा हेरिएको छ । राजस्थानले २००८ मा आर्इपिएल जितेपश्चात राम्रो प्रदर्शन गर्न सकेको छैन । यसपटकको आइपिएलमा टि २० मा नाम चलेका राम्रै खेलाडीहरु टोलीमा समावेश छन् । अघिल्लो सिजन राजस्थनले सातौँ स्थानमा चित्त बुझाउनु परेको थियो । त्यसैले यस सिजनमा उसले सुधारिएको प्रदर्शन गर्न जरुरी छ । राजस्थान स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रिने छ । टोली तुलनात्मकरुपमा बलियो छ । विश्वकप विजेता टोलीबाट बट्लर, स्टोक,आर्चरको उपस्थितिले पक्कै पनि टोलीलाई फाइदा हुनेछ । स्टोक अहिले उत्कृष्ट लयमा देखिएका छन् । कप्तान स्मिथको पनि ब्याटिङमा भुमिका महत्त्वपूर्ण रहनेछ । बलिङमा एन्ड्रिउ टाइ, जोफ्रा आर्चर, थोमस, गोपाल हुनेछन् ।

प्लेयर टु वाचः बेन स्टोक्स

बेन स्टोक्स अहिले राम्रो लयमा देखिएका छन् । इङल्याडलाई विश्वकप जिताउन महत्त्वपूर्ण भुमिका खेलेका स्टोक्स राजस्थानको लागि मुख्य खेलाडी हुन् । ब्याटिङ र बलिङ दुवै राम्रो गर्न सक्ने स्टोक्सलाई प्लेयर टु वाचमा हेरिएको छ ।

राजस्थानको सम्भावित प्लेइङ ११ः जोस बट्लर, रविन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन (विकेट किपर), बेन स्टोक्स, रियान पराग, श्रीयश गोपाल, जोफ्रा आर्चर, राहुल टेवइटा, ज्यादेव उनाडकत, वरुन आरोन

४. रोयल च्यालेन्जर्स बेंगलोर

रोयल च्यालेन्जर्स बेंगलोर एक अभागी प्रेन्चाइज टोली हो भन्दा फरक पर्दैन । तीन पटक फाइनल पुगेको बेंगलोरले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन । कागजमा बलियो देखिए पनि टोलीले मैदानमा भने राम्रो प्रदर्शन गर्न सकेको छैन । बेंगलोरको मुख्य हतियार शीर्षक्रमको ब्याटिङ हो । कोहली, डी भिलियर्स र अरोन फिन्चको प्रर्दशनले धेरै प्रभाव पार्ने छ । यी तीन ब्याट्सम्यानले उच्च प्रर्दशन गरेको खण्डमा तल्लोक्रममा मोईन अली, इसुरु उडना, शिवम दुबे र क्रिस मोरिसले राम्रो अन्त्य गर्न सक्छन् । सधैँ डेथ बलिङमा कमजोर देखिने बेंगलोर तीब्र गतिका बलरका रुपमा डेल स्टेन, मोहम्मद सिराज, क्रिस मोरिस, उमेश यादव र नवदीप सैनी छन् । स्पिनमा अष्ट्रेलियाका एडम जाम्पा, इंग्ल्यान्डका मोईन अली, भारतीय लेग स्पिनर युजभेन्द्र चहल, वासिन्टन सुन्दर, पवन नेगी र पवन देशपान्डे छन् ।

प्लेयर टु वाचः विराट कोइली

विराट कोइली बेंगलोरको लागि मुख्य खेलाडी हुन् । सबै संस्करणमा उनको प्रदर्शम विशेष रहदैँ आएको छ । सन् २०१६ मा टोलीलाई फाइनल पुर्याउन मुख्य भुमिका खेलेका थिए । विराट आइपिएल इतिहासमा धेरै रन बनाउने खेलाडी पनि हुन् । उनको प्रदर्शन त पक्कै राम्रो हुनेछ तर यसपटक उनलाई उपाधिको दबाब रहेको छ । ९ वर्षको कप्तानी इतिहासमा एउटै आइपिएल जित्न सकेका छैनन् । आगामी वर्ष टि २० विश्वकप भएका कारण पनि यसपटक आईपिएल जितेर उच्च मनोबलका साथ विश्वकप खेल्न चाहन्छन् ।

सम्भावित पहिलो रोजाईका प्लेइङ ११ः अरोन फिन्च, विराट कोहली, एबी डी भिलियर्स, देवदत्त पाडिक्कल, मोईन अली, शिवम दुबे, युजभेन्द्र चहल, नवदीप सैनी, डेल स्टेन, उमेश यादव र वासिन्टन सुन्दर

५. दिल्ली क्यापिटल्स

दिल्ली क्यापिटल्स एउटा मात्र फ्रेन्चाइज टोली हो जस्ले अहिलेसम्म आर्इपिएलको फाइनल खेल्न सकेको छैन । कागजमा बलियो भए पनि मैदानमा प्रदर्शन राम्रो गर्न सकेको छैन । दिल्ली सात वर्षमा अघिल्लो वर्ष प्लेअफ पुगेको थियो । शिखर धवन, पृथ्व सह, कप्तान इएर, रिशव पन्त, अजिङ्के रहाणेले राम्रो प्रदर्शन गर्न सके दिल्लीको ब्याटिङमा कुनै चिन्ता रहने छैन । यस्तै मार्कुस स्टोनिस, एलेक्स केरि, सिमरन हेटमायरले ब्याटिङमा कुनै कमी छोड्ने छैनन् । युएईको पिचमा स्पिनर हावी हुने सबैले अङ्कलन गरिराख्दा दिल्लीलाई एक्सर पटेल, रविचन्द्रन अश्विन, अमित मिश्रा, सन्दीप लामिछानेको साथ मिल्ने छ । तीव्र गति बलरमा मोहित शर्मा, रबडा र इशान्त शर्मा छन् ।

प्लेयर टु वाचः रिशव पन्त

रिशव पन्त दिल्लीको लागि महत्त्वपूर्ण सदस्य हुन् । उनी खेलेका सबै संस्करणमा राम्रो प्रदर्शन गरिराखेका छन् । देशको लागि खासै राम्रो खेल्न नसकेका पन्त दिल्लीको लागि सधैँ महत्त्वपूर्ण खेलाडी हुन् । युवा विकेटकिप्पर ब्याट्सम्यान रिशवले अघिल्लो संस्करणमा १६ इनिङ्समा ४८८ रन बनाएका थिए । उनको यस संस्करणको आईपिएलको प्रदर्शनले भारतीय टिममा भविष्य बताउन सक्छ । देशको लागि राम्रो खेल्न नसकेको बेला यस आईपिएलमा राम्रो प्रदर्शन गरेर सबैलाई प्रमाणित गर्न चाहन्छन् ।

सम्भावित प्लेइङ ११ः शिखर धवन, पृथिव सह, श्रीयस एयर (कप्तान), रिशव पन्त (विकेट किप्पर), सिमरन हेटमायर, एलेक्स क्यारी, अक्सर पटेल, अश्विन, अमित मिश्रा, इशान्त शर्मा, रबडा

६. कलकत्ता नाइट राइडर्स

कलकत्ता नाइट राइडर्सले दुई पटक आइपिएलको उपाधि जितेको छ । राइडर्सको कमजोरी पक्ष भनेको लगातार राम्रो प्रदर्शन गर्न नसक्नु हो । दिनेश कार्तिकको कप्तानीमा रहेको राइडर्सले यस सिजन भेट्रान खेलाडीलाई फुकुवा गरेर केही नयाँ खेलाडी भित्राएको छ । राइडर्स सबै कुरामा बलियो टिम हो । कलकत्ताको प्रदर्शन कप्तान कार्तिक, मोर्गान, आन्द्रे रसेल, सुनिल नरायनमा भर पर्नसक्छ । यी चारै जना खेलाडी टि २० फर्म्याटका उत्कृष्ट खेलाडी हुन् । कलकत्ता युवा र अनुभवी खेलाडीको मिश्रित टोली भएकाले पनि यस सिजन राम्रो प्रदर्शन गर्ने दाउमा छ ।

प्लेयर टु वाचः आन्द्रे रसेल

आन्द्रे रसेल टोलीमा हुनु भनेको जुनसुकै टिमको लागि प्लस पोइन्ट हो । रसेल जस्तो खेलाडी बिलरै पाइने गर्छ । उनी एक्लै टोलीलाई जित दिलाउन सक्षम खेलाडी हुन् । उनी ब्याटिङ बलिङ दुवै गर्न सक्छन् । उनी राइडर्सको लागि मुख्य खेलाडी भएका कारण पनि टिम उनीबाट धेरै आशा गरिराखेको छ ।

कलकत्ताको सम्भावित ११ः सुनिल नारायण, राहुल त्रीपाठी, शुभमन गिल, इयोन मोर्गान, नितेश राना, दिनेश कार्तिक (कप्तान र विकेटकिप्पर), आन्द्रे रसेल, लकि फ्रुग्सन, कुलदिप यादव, प्रदेश कृष्ण, प्याट कमिङ्स

७. किङ्स ११ पन्जाव

यस सिजनका लागि किङ्स ११ पन्जाव घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय खेलाडीको राम्रो समिश्रणले बनेको छ। यस वर्ष विकेटकिप्पर ब्याटसम्यान केयल राहुलले टोलीको पहिलो पटक कप्तानी सह्माल्ने छ्न् । टोलीलाई ओपनर केयल राहुल र युनिभर्सल बोस क्रिस गेलले राम्रो सुरुवात दिलाउन सके मिडलमा मयङ्क अग्रवाल, निक्लोस पोरानले सम्हाल्ने छन् । यस्तै टोलीलाई ग्लेन म्याक्सवेलले राम्रो अन्त्य गर्न सक्नेछन् । पन्जावको तीब्र गतिको बलिङ भने महोमद सामी र सेल्डन कोट्रेलले सम्हाल्ने छन् । प्रमुख स्पिनर रविद्र अश्विन दिल्ली पुगेपछि स्पिनको एक्लो जिम्मा अफगानी खेलाडी मुजिवले लिनेछन् । मुजिव भखरै सम्पन्न सिपिएलमा सार्वाधिक विकेट लिएका थिए ।

प्लेयर टु वाचः क्रिस गेल

क्रिस गेलको बारेमा साह्रै तारिफ गर्नु पर्दैन । उनी अन्तर्राष्ट्रिय र फ्रेन्चाइज दुवै टोलीको लागि खेल्न सक्ने खेलाडी हुन् । हाल अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिइसकेका गेल टोलीको लागि महत्त्वपूर्ण सदस्य हुन् । उनी युनिभर्सल बोस उपनामले परिचित छन् । इपिएलमा एकै इनिङ्सम सार्वधिक रन (१७५) बनाउने रेकर्ड पनि उनकै नाममा छ । त्यसैले अन्य टोलीको लागि उनी टाउको दुखाइ बन्न सक्छन् ।

पन्जावको सम्भावित ११ः क्रिस गेल, केएल राहुल (कप्तान, विकेटकिपर), मयेङ्क अग्रवाल, ग्लेन म्याक्सवेल, सर्फराज खान, मन्दिप सिंह, क्रिन्पा गौथम, , सेल्डन कोट्रेल, महोमद सामी, रवि विश्वनी, मुजिव

८. सनराइज हैरबाद

सनराज हैरबाद एक लगातार राम्रो प्रदर्शन गर्ने टोली हो । सनराइजले पछिल्लो पटक सन् २०१६ मा विराट कोइलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरलाई हराउँदै उपाधि जितेको थियो । डेभिड वार्नरको कप्तानीमा रहने सनराइज यस सिजनमा पनि बलियो देखिएको छ । हैरबादको बलियो पक्ष स्पिन बलिङ रहेको छ । युवा खेलाडी रदिस खान अहिलेको समयका उत्कृष्ट स्पिनर हुन् र उनलाई साथ दिनेछन् आफ्नै देशका खेलाडी मोहमद नाबीले । यी दुई जोडीको विरुद्ध ब्याटसम्यानलाई खेल्न धौधौ पर्नेछ । यता हैरबादको ब्याटिङ पनि उत्तिकै बलियो छ । कप्तान वार्नर, ब्रेस्ट्रो, विलियम्सनको ट्रियोलाई रोक बलरहरुको लागि चुनैती बन्नेछ । त्यसैले पनि यस सिजनको उपाधि दाबेदार रहेको छ सनराइज हैरबाद ।

प्लेयर टु वाचः डेभिड वार्नर

अस्ट्रेलियन ओपनिङ ब्याटसम्यान डेभिड वार्नर हैरबादको लागि मुख्य खेलाडी हुन् । हैरबादको ब्याटिङ वार्नरमा पूरै भर परेको देखिन्छ । उनले आईपिएलको इतिहासमा ४७०६ रन बनाइसकेका छन् । अघिल्लो वर्षको आईपिएलमा उनले १२ खेल खेल्दै ६९२ रन बनाएका थिए । उनी लगातार राम्रो प्रदर्शन गरिराख्न सक्ने खेलाडी भएका कारण पनि उनीबाट टिमले धेरै आशा राखेको छ ।

हैरबादको सम्भावित ११ः डेभिड वार्नर (कप्तान), वृद्दिमन साहा (विकेटकिप्पर), केन विलियम्सन, मनिश पाण्डे, विजय शंङखर, मोहमद नाबी, रसिद खान, सन्दीप शर्मा, खलिल अहमेद, भुवेश्वर कुमार, सिदार्थ कौल

Leave a Reply

Your email address will not be published. Required fields are marked *