काठमाडौं उपत्यकामा सवारी साधनमा जोर विजोर प्रणाली कायमै

काठमाडौँ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर बिजोर कायमै राखेका छन् । तीनै जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ति जारी गरी निजी र सार्वजनिक सवारीको जोर/बिजोर प्रणाली अर्को आदेश नभइन्जेलसम्म कायम रहेको जानकारी गराएका हुन् ।

होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएका छन् । निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *