डिजेल र मटितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घट्यो

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बरमा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार मध्यरातिदेखि लागू हुनेछ ।

नयाँ मूल्यअनसार डिजेल र मटितेलको प्रतिलिटर मूल्य ९०/९० रुपैयाँ कायम गरिएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *