मृत्यु भइसकेकाहरुको अब कोरोना परीक्षण नगरिने

काठमाडौं । शंकास्पद रोगबाट मृत्यु भएकाहरुको कोरोना परीक्षण अब सरकारले नगर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोना पुष्टि नभइ शंकास्पद मृत्यु भएको अवस्थामा पनि कोरोना परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार अब मृतकको स्वाब लिएर कोरोना परीक्षण गरिने छैन । प्रवक्ता गौतमले शव व्यवस्थापनमा खटिएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न पनि आग्रह गरेका छन् । त्यसैगरी कोरोना जाँचबाट आउने नेगेटिभ नतिजा एक महिना र पोजेटिभ नतिजा तीन महिनासम्म राख्ने निर्णय भएको पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *