अस्पतालले भन्यो-शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि केही दिनदेखि घरमै आइसोलेसनमा बसिरहेका कोइरालालाई अचानक ज्वरो आएपछि मंगलबार साँझ ओम अस्पतालमा भर्ना गरिएको हो ।

कोइरालाको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोध सागर ढकाल र डा. प्रमेश सुन्दर श्रेष्ठको चिकित्सक टोली संलग्न छ । ज्वरो कम भएपनि चिकित्सकहरुले उनीमाथि निमोनिया भएको आशंका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *