गोंगबु घटनालाई समेटेर तयार गरिएको गीत ‘गोंगबु घटना'(भिडियोसहित)

काठमाडौ । गणेशकुमार श्रेष्ठ र रेशम थापाको स्वरमा वास्तविक घटनामा आधारित गीत ‘गोंगबु घटना’सार्वजनिक भएको छ ।
उक्त गीतमा शब्द तथा संगीत पनि श्रेष्ठ र थापाको नै रहेको छ भने एरेन्ज कमल सौरागको रहेको छ । निरेन श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियोमा थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

रोशन धितालले सम्पादन गरेको गीतको छायाँकन मरुभूमि नारायणको रहेको छ । गोंगबु घटनाको परिवेश समेटेर तयार गरिएको उक्त गीत लोक चौतारी युटुब च्यानलबाट सार्वजानिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *