नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयां भर्ना खुल्ला

काठमाडौ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृति दिएको छ । यसअघि सबै सरकारी निकायमा नयाँ भर्ना प्रक्रिया रोकिएको थियो ।

सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृति दिने निर्णय सोमबारको मन्त्रिपरिषद्को बैकठले दिएको हो ।

निजामतीमा आधा अवस्थामा पुगेको भर्ना प्रक्रियासमेत सुचारु हुन सकेको छैन । सरकारले अर्को निर्णय नगरेसम्मका लागि नयाँ भर्ना रोक्ने निर्णय गत वैशाखमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *