प्रिमियर लिगमा चेल्सीको विजयी शुरूवात

मोहित थापा
काठमाडौँ । इङलिस प्रिमियर लिगमा चेल्सीले विजयी शुरूवात गरेको छ। आज बिहान भएको खेलमा चेल्सीले ब्रिगटनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।

ब्रिगटनको फ्रामेर रंगशालामा भएको खेलमा चेल्सीलाई जित दिलाउन जर्जिनो,जेम्स र जोउमाले गोल गरे। खेलको २३औ मिनेटमा विपक्षी डिफेन्डरले वेनरलाई पेनाल्टी क्षेत्रमा लडाएपछी पाएको पेनाल्टीलाई उपयोग गर्दै जर्जिनोले चेल्सीलाई अगाडि बढाएका थिए। ५४ औ मिनेटमा ब्रिगटनका ट्रोसार्डले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काउन खोजेका थिए तर ५६ औ मिनेटमा जेम्सले जोर्जिनोको पासमा झनै सनदार गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए। ६६ औ मिनेटमा जेम्सको पासमा जोउमाले भली गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे। ब्रिगटनले पाएको अवसर उपयोग गर्न नसक्दा हार स्विकार्न बाध्री रह्यो। चेल्सीका लागि टोमो वेनर र हार्वेजले डेब्यु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *