प्रज्जवल थापा
फ्रेन्च लिग वानमा पिएसजी लगातार दोस्रो खेलमा पराजित भएको छ । आज बिहान भएको खेलमा मार्सेले पिएसजीलाई १-० गोल अन्तरले हराएको छ ।
निकै तनावपूर्ण भएको खेलमा मार्सेलेलाई जित दिलाउन ३१ औ मिनेटमा पाएटको पासमा थाउभिनले गोल गरेका थिए । कोभिडका कारण केही महत्वपूर्ण खेलाडी बिना मैदान उत्रीएको पिएसजी राम्रो प्रदर्शन गर्न सकेन । नेयमार र डि मारिया खेलमा उपस्थित भएपनि पिएसजीलाई जित दिलाउन सकेनन् ।
अन्तिम समयमा खेलमा समाल्हिन नसक्दा १४ खेलाडीले पहेँलो कार्ड र ५ खेलाडीले रातो कार्ड पाएका थिए । पिएसजीका लागि ५ जनाले पहेँलो र नेयमारसहित ३ खेलाडीले रातो कार्ड पाउँदा मार्सेलेको लागि ७ जनाले पहेँलो र २ खेलाडीले रातो कार्ड पाएका थिए ।
