एम्बाप्पेले अर्को सिजनमा पिएसजी छाड्ने

प्रज्जवल थापा ।
फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेले अर्को सिजन पिएसजी छाड्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार एम्बाप्पेले यस सिजन सकिएपछि पिएसजी छोड्ने बताएका हुन् । सन् २०१७ मा एम्बाप्पे मोनाकोबाट पिएसजी आएका थिए ।

२१ वर्षीय एम्बाप्पेले पिएसजीको लागि ९० गोल गरिसकेका छन् । उनले केही समय अगाडिदेखि रियल म्याड्रिडबाट खेल्न चाहेको कुरा व्यक्त गरेका थिए । यता म्याड्रिडले पनि एम्बाप्पेलाई २०२१ मा अनुबन्धित गर्ने कुरा बाहिर आइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *