ला लिगामा ओसानुसा र ग्रानाडाको विजयी सुरुवात

-प्रज्ज्वल थापा

तनहूँ । स्पेनिस लिग ला लिगामा ओसासुना र ग्रानाडाले विजयी सुरुवात गरेका छन् । हिजो लिगको नयाँ सिजन सुरु भएको थियो ।

ओसासुनाले कार्डिजलाई २-० गोल अन्तरले हराएको छ । ओसासुनाको जितमा अड्रियन र गार्सियाले गोल गरे । अर्को खेलमा ग्रानाडाले एथ्लेटिक क्लबलाई २-० गोलले हरायो । ग्रानाडाको लागि हेरेरा र मिल्लाले गोल गरे । अन्य खेलमा इभार र सेल्टाभिगोले बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *