-प्रज्जल थापा
दुलेगौँडा (तनहूँ) । अस्ट्रेलिया र इङ्ल्याडबीचको पहिलो ओडिआइमा इङ्ल्याण्ड पराजित भएको छ । हिजो राति भएको खेलमा अस्ट्रेलिया १९ रनले विजयी भएको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९४ रन जोडेको थियो । अस्ट्रेलियाको सुरुवात भने राम्रो हुन सकेन । उसले ओपनर डेभिड वार्नरलाई ६ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका स्टोनिस ४३ रन बनाउँदै इनिङ्स उकास्ने प्रयास गरेका थिए ।
त्यस्तै म्याक्सवेलले सर्वाधिक ७७ रन बनाउँदा मेचल मार्सले ७३ रनको योगदान दिए । इङ्ल्याण्डको लागि जोर्फा आर्चर र मार्क वुडले ३,३ विकेट लिँदा रासिदले २ र वोक्सले १ विकेट लिए ।
२९५ रनको वियजी लक्ष्य पाएको इङ्ल्याण्डले पनि राम्रो सुरुवात गर्न सकेन । ओपनर रोय ३ रन बनाएर पभिलियन फर्किए । र्का ओपनर बेस्ट्रोले १०७ बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतमा ८४ रन बनाए । यस्तै बिलिङ्सले उत्कृष्ट ब्याटिङ गर्दै ११० बलमा १४ चौका र र छक्काको मद्दतमा ११८ रन बनाए पनि अन्य खेलाडीले सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा इङ्ल्याडलाई जित दिलाउन सकेनन् ।
अस्ट्रेलियाको लागि अडम जाम्पाले सार्वधिक ४ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५५ रन दिएर ४ विकेट लिए । यस्तै हलेज्वुडले ३, कमिङ्स र मार्सले १,१ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच जोस हलेज्वुड भए । उनले १० ओभरमा ३ मेडन राख्दै २६ रन दिएर ३ विकेट लिएका थिए । दुई टोलीबीचको दोस्रो खेल आइतबार हुनेछ ।
