वीरगञ्ज । प्रदेश नम्वर २को वीरगञ्जका बिभिन्न अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बारामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको प्रयोगशालामा ३ सय १५ जनाको स्वाब परीक्षण गरिएकोमा २३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
पर्साका ९ र बाराका १४ जनामा संक्रमण देखिएको चौरसियाले बताए । नारायणी अस्पतालको क्वाटरमा बस्ने दुईजना, वीरगञ्ज हेल्थ केयर अस्पतालका दुईजनामा संक्रमण देखिएको उनले जानकारी दिए ।
