-प्रज्जव थापा
दुलेगौँडा (तनहूँ) । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन आज सुरू हुँदैछ । कोरोना भाइरस महामारीको असर फुटबलमा परे पनि आवश्यक सावधानी अपनाउँदै लिग सुरु हुने भएको हो ।
आज साँझ हुने लिगको पहिलो खेलमा फुलहामले लण्डन क्लब आर्सनलको सामना गर्दैछ । फुल्हाम यसै सिजनमा प्रिमियर लिगमा बढुवा भएको क्लब हो ।
यस्तै अर्को खेलमा क्रिस्चल प्यालेसले साउथह्याम्टमको सामना गर्दा लिभरपुल लिड्स युनाइटेडसँग भिड्ने छ । लिभरपुल अघिल्लो सिजनको च्याम्पियन टोली हो भने लिड्स पनि यसै सिजन प्रिमियर लिगमा बढुवा भएको थियो ।
सम्पुर्ण खेलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्टसले गर्नेछ ।
खेलको समय तालिका (नेपाली समयअनुसार)
फुल्हामविरुद्ध आर्सनल- साँझ ५ः१५
क्रिचल प्यालेसविरुद्ध साउथह्याम्टम- साँझ ७ः४५
लिभरपुलविरुद्ध लिड्स- राति १०ः१५
