-प्रज्जल थापा
दुलेगौँडा, (तनहूँ) । बार्सिलोनाका फरवार्ड एन्टेनियो ग्रिजमनले यस सिजनदेखि क्लबबाट जर्सी नम्बर ७ लगाउने भएका छन् । बार्सिलोनाले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको थियो ।
अघिल्लो सिजन बार्सिलोनामा भित्रिएका ग्रिजमनले सुरूमा १७ नम्बरकाे जर्सी लगाएका थिए । अघिल्लो सिजन फरवार्ड फिलिपे कौहटिनोले नम्बर लिएका कारण उनले नम्बर ७ लगाउन पाएका थिएनन् ।
यसअघि बार्सिलोनाको लागि डेभिड भिल्ला, पेड्रो, लार्सनले जर्सी नम्बर ७ लगाएका थिए ।
उनले पुर्व क्लब एथ्लेटिको म्याड्रिडमा पनि ७ नम्बरको जर्सी लगाउथे र फ्रान्सबाट अहिले पनि ७ नम्बरको जर्सी लगाउँदै आएका छन् ।
ग्रिजमनले गत सिजन बार्सिलोनाबाट ४१ खेल खेल्दै १५ गोल गरेका थिए ।
