लन्डन । इंग्लिस प्रिमियर लिगमा घटुवा भएको वाट्फोर्डले च्याम्पियनसिप फुटबलको नयाँ सिजनमा पहिलो बिजय पाएको छ।
च्याम्पियनसिपको नयाँ सिजन अन्तर्गत गए राति भएको पहिलो खेलमा वाट्फोर्डले मिडल्सबर्गलाई १–० ले पराजित गर्न सफल भएको थियो।
वाट्फोर्डको जितमा ११ औँ मिनेटमा सेमाको सहयोगमा डिफेन्डर क्रेग क्याथकार्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
