उपत्यकामा अत्यावश्यक वस्तु अभाव हुन नदिन निरन्तर बजार अनुगमन गरिने

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारीकाबीच पनि अत्यावश्यक वस्तु अभाव हुन नदिन निरन्तर बजार अनुगमन गरिरहेको जनाएका छन् ।

सञ्चार केन्द्र नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको उपत्यकाको बजार अनुगमन र सुरक्षा व्यवस्था बिषयक अन्तक्र्रियामा उनीहरुले अनुगमनकै कारण लकडाउनका बेला पनि उपत्यकामा अत्यावश्यक बस्तुको अभाव हुन नपाएको दाबी गरे । कार्यक्रममा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिषम परिस्थितिमा कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई कडा कारवाही गरिएको बताए । उनले खाद्यान्न लगायत मेडिकल सामग्रीको कालाबजारीलाई पनि नियन्त्रण गरिएको दावी गरे ।

त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले महामारीको अवस्थामा कालाबजारी गरिरहेको भेटिएको र कारवाही गरिएको जानकारी दिए । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मेडिकल सामग्रीको कालाबजारीको गुनासो धेरै आएको र अनुगमन गरि कारवाही गरिएको बताइन् ।

कार्यक्रममा काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले पनि महानगरभित्र बजार अनुगमनलाई महानगरले पनि प्राथमिकतामा राखेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *