वीरगञ्जमा १४ जना संक्रमित थपिए

वीरगञ्ज । प्रदेश नम्वर २ को आर्थिक राजधानी बीरगन्जमा गरिएको कोरोना परीक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका गरी थप १४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

२ सय ९४ वटा स्वाब परीक्षण गरिएकोमा पर्साका २, बाराका ११ र रौतहटका १ जनामा संक्रमण पुष्टि भएको चौरसियाले बताए।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र १६ मा एक एक जना, रौतहटको कटहरिया नगरपालिका २ मा एक जनामा कोरोना संक्रमण देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *