नेकपाको स्थायी समिति बैठक आज

काठमाडौं । लामो समयदेखि बिवादका कारण स्थगित हुदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक आज बस्ने भएको छ ।
झण्डै २ महिनादेखि स्थागित हुदै आएको बैठक आज बस्ने र पार्टी भित्रको आन्तरिक बिवादलाई सामाधान गरी पार्टीलाई एक बनाएर लैजाने संभावना रहेको छ ।
पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच स्थायी समितिमा लैजाने एजेन्डामा सहमती भएको छ ।
विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझावलाई थप स्पष्ट पार्दै अध्यक्षद्वय ओली र ‘प्रचण्डले संयुक्त प्रस्ताव तयार गरेसँगै विवादको टुंगो लागेको हो ।

तीन महिनादेखि जारी विवाद अध्यक्षद्वय ओली–प्रचण्डको संवाद र कार्यदलको सुझावको आधारमा समाधान भएको छ । झन्डै फुटको संघारमा पुगेको पार्टी अन्ततः अधिकार बाँडफाँडमा पुगेर मिलेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा प्रकरणबाट शुरु भएको विवाद झन्डै तीन महिना लम्बिएको थियो । गत असारमा शुरु भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिका बहुमत सदस्यले माग गरेपछि विवादले उग्र रुप लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *