-प्रज्ज्वल थापा–
दुलेगौँडा (तनहूँ) । केरेबियन प्रिमियर लिग (सिपिएल) २०२० को फाइनलमा आज ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्दैँ छन् । ब्रायन लारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा ट्रिबागो नाइट राइडर्सले जमैका तलावाजलाई ९ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो सेमिफाइनलमा सेन्ट लुसिया जुक्सले गुयाना एमेजन वारियर्सलाइ १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।
काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सले जुक्सलाई समूह चरणको दुबै खेलमा पराजित गरेको थियो । पहिलो खेल ६ विकेटले जितेको राइडर्सले दोस्रो खेलमा २३ रनको विजय हासिल गरेको थियो । सेन्ट लुसिया जुक्सले उपाधी जित्नको लागि प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको नाइट राइडर्सलाई हराउनुपर्नेछ । जुक्स समुह चरणमा खेलेको १० खेल मध्य ६ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो ।
यी दुई टोलीबीच भएको अन्तिम ५ खेलमा ४ खेल ट्रिनबागो नाइट राइडर्सले जितेको छ भने १ खेल रद्द भएको थियो । खेलको प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्नेछ ।
