वीरगञ्ज । प्रदेश नम्वर दुईको पर्सा, बारा र रौतहटमा आज १६ कोरोना संक्रमित थपिएका छन ।
नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको रिपोर्टमा तीन जिल्लाका १६ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
संक्रमण देखिनेमा ६ वर्षकी बालिकादेखि ७४ वर्षका वृद्धसम्म रहेका छन् । अस्पतालमा २ सय९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका ७, बाराका ७ र रौतहटका २ जनामा संक्रमण पुष्टि भएको हो ।
