काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै राजधानीमा चहलपहल बिहानैदेखि बढेको छ ।
कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका लगायत देशभर निषेधाज्ञा लगाइएको थियो ।
दिन प्रतिदिन संक्रमितको संख्या बढेपछि निषेधाज्ञा लागू गरेको राजधानी उपत्यकाका तीन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई खुकुलो बनाएपछि चहल पहल बढेको छ ।
कोरोना संक्रमणका कारण जोखिममा परेका समुदायलाई लक्षित गरी स्थानीय प्रशासनले उपत्यकाको गतिबिधिलाई चलायमान बनाउने प्रयास गरेको छ । अहिले बिहानैदेखि मानिसको चहलपहल बढ्नुका साथै काम गरेर खाने समुदायसमेत सक्रिय हुन थालेका छन् ।
