चिनियाँ पत्रकारको घरमा खानतलासी

बेइजिंग । चीनको सरकारी संचार माध्यमले चीन र अष्ट्रेलियाबीच शुरु भएको पछिल्लो तनावको क्रममा गत जुनमा अष्ट्रेलियाली गुप्तचर अधिकारीहरुले चिनियाँ पत्रकारहरुको घरमा खानतलासी लिएको जनाएको छ ।

कुटनीतिक तनाब चर्किँदै गएपछि अष्ट्रेलियाली संचार माध्यमका लागि चीनमा कार्यरत दुई जना पत्रकार स्वदेश फर्केको एक दिनपछि बुधवार यो तथ्य सार्वजनिक भएको हो ।

दुई वटा चिनियाँ सरकारी मुखपत्रले चिनियाँ पत्रकारहरुलाई जुनको घटना सावर्जनिक गर्न अष्ट्रेलियाली निकायले दवाव दिएको जनाएका छन् । तर अष्ट्रेलियाली प्रहरी र गुप्तचर निकायले यस विषयमा केही पनि बोल्न अस्वीकार गरेका छन् ।

चिनियाँ आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार २६ जुनमा अष्ट्रेलियाली गुप्तचर अधिकारीहरुले अज्ञात संख्याका चिनियाँ पत्रकारहरुका निवासमा छापा मारेका थिए । यसैगरी अर्को चिनियाँ संचार निकाय दि ग्लोबल टाइम्सले त्यतिबेला चिनियाँ पत्रकारहरुसँग सोधपुछ गरिनुका साथै तिनीहरुका कम्प्युटर र स्मार्ट फोनहरु जफत गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *