काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे बुधबार निर्णय हुने

काठमाडौँ । तीन सातादेखि जारी निषेधाज्ञा हटाउने वा खुकुलो गर्ने विषयमा बुधबारमात्रै निर्णय हुने भएको छ ।

बुधबार तीन जिल्लाको सुरक्षा समितिको संयुक्त बैठक बसेर प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा निर्णय गर्ने भएका हुन् । निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् ।

मंगलबार तीन जिल्लाका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *