- 40Shares
काठमाडौँ । मछिन्द्र नाथको रथ तान्ने क्रममा पुल्चोकमा स्थानीय र प्रहरीबीच भएको झडपमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए । कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एकजनालाई शनिबार र त्यसयता थप ५ जनालाई पनि कोरोना पोजेटिभ देखिएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । यस अघी झडपमा सहभागी १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
- 40Shares