काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार १ सय २० संक्रमित थपिएका छन् ।
काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी उपत्यकामा ३ सय ८८ सहित ३ सय २० महिला तथा ८ सय पुरुष गरी १ हजार १ सय २० जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
यस्तै २४ घण्टामा १ हजार १ सय १२ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
यस्तै देशभर १८ हजार १ सय ८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
१२ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १२ संक्रमितको मृत्यु भएको छ । चितवनका एक पुरुष र दुइ महिला गरी तीन जना, काठमाडौँका दुइ पुरुष र एक महिला गरी तीन जना, ललितपुर तनहुँँ र कपिलवस्तुका ११ जना महिला तथा बारा, भक्तपुर र धादिङका ११ जना पुरुष गरी १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपाल मा मृत्यु हुने संक्रमितको संख्या २ सय ५१ पुगेको छ ।
