बीरगन्ज । वीरगञ्जमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धका निधन भएको छ ।
बाराको सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय पुरुषको निधन भएको अस्पतालले जनाएको छ।
भदौ १२ गते शुक्रबार वीरगन्ज स्थित तराई अस्पतालमा उपचार गराउन आएको ती वृद्धाको त्यही अस्पतालमा स्वाब संकलन भएको थियो। उनको स्वाव परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि भदौ १४ गते आइतबार कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
