काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । आज मंगलवार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ । मंगलवार (आज) आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको समेत निगमले जानकारी दिएको छ ।
