वीरगञ्ज । पर्सामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
अस्पतालमा ४ सय १० जनाको स्वाब परीक्षण गरिएकोमा बाराका एक तथा पर्साका १९ जना गरि कुल २० जनामा संक्रमण देखिएको हो।
