काठमडौँ । वीर अस्पतालको इमरेन्जी वार्डमा कार्यरत दुई चिकित्सकमा कोरोना पुष्टि भएको छ ।
उनीहरुको कोरोना पोजेटिभ भएको रिपोर्ट सोमबार बिहान आइपुगेको हाे । उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् ।
यसअघि कोरोना पुष्टी भएका इमरजेन्सीकै एक कन्सल्टेन्ट चिकित्सक अहिले उपचाररत छन् । वीरकै अर्का एक संक्रमित चिकित्सक त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।
