वैकल्पिक क्षेत्र पहिचानको खाँचो

– दुर्गाप्रसाद गौतम

विश्व अर्थतन्त्रमा कोभिड–१९का कारण एउटा तरङ्ग नै सृजना हुन पुगेको छ । धेरै जसो कोरोना भाइरसको प्रकोप रहेका अधिकांश मुलुकको वस्तु तथा सेवा उत्पादनका क्षेत्र तथा त्यसको बजारिकरण बन्दाबन्दीका कारण ज्यादै नराम्रोसँग प्रभावित हुन पुगेका छन् । प्राय विकसित मुलुकका समेत पर्यटन, यातायात सेवा तथा व्यवसायहरु जहाँ धेरै मानिसहरुको उपस्थितीमा व्यवसाय संचालन हुन्छन् ज्यादै नराम्रोसंग प्रभावित भएका छन् । जसले गर्दा सुविधा सम्पन्न विकसित मुलुकहरुमा समेत अर्थव्यवस्थाका सवै क्षेत्रहरु पूर्ण रुपमा चलाएमान हुने अबस्था छैन । यसले प्रत्यक्ष रुपमा विश्व अर्थव्यवस्थामा भौतिक तथा अभौतिक वस्तु तथा सेवा उत्पादनको परिमाणलाई निश्चित दायरामा राख्न विश्वका विभिन्न मुलुकहरुले गरेको प्रयासहरु जुन धेरै समुहको उपस्थितीमा संचालित हुने प्रकृतिका छन् ति सवै बन्दाबन्दी कै अवस्थामा रहेका छन् । तथापी उन्नत तथा विकसित मुलुकहरुमा आफूसँग उपलब्ध उन्नत तथा विकसित प्रविधिको प्रयोगले सम्भव तुल्याए सम्मका धैरथोर क्षेत्रहरुलाई चलाएमान नै राखेका छन् । यस्तो हुँदा पनि यि अर्थ व्यवस्थाहरुको उल्लेख्य हिस्सा बोक्ने विभिन्न क्षेत्रसँग सम्वधित व्यवसायहरु चाँही प्रत्यक्ष रुपमा प्रभावित नै रहेका छन् । विश्व अर्थव्यवस्थामा कोभिड–१९ को असर निष्प्रभकारी नहुँदा सम्म प्रत्यक्ष जमघट, भेटघाट तथा सामुहिक उपस्थितिमा संचालित हुने उद्योगधन्दाहरु जस्तै पर्यटन, यातायात, होटल, रेष्टुरेन्ट, जिमखाना, सिनेमा हल, विद्यालय आदी क्षेत्रहरुमा परेको प्रभावले विश्वमा श्रम बजारको गलिशिलतामा निकै ह्रास आउने देखिन्छ । यसले वाह्य बजारमा श्रमको पूर्ति गरी अर्थ व्यवस्थामा गुजारा टारीरहेका धेरै मुलुकहरुमा रोजगारीको विद्यमान अवस्थामा निकै ठूलो गिरावट ल्याउने निश्चित प्राय छ । अतः हामी के कुरामा स्पष्ट हुन जरुरी छ भने विश्व अर्थव्यवस्थाको नै सन् २०१९ डिसेम्बर अगाडीको आर्थिक गतिविधि मुद्रा तथा पूँजी बजार दुबैमा यो ८–१० महिनाको अवधिमा ज्यादै ठूलो गिरावट आएको छ । उक्त गिरावटलाई मनन् गर्दागर्दै पनि पहिला जीवन र त्यसपछि मात्र सवृद्धि भन्ने तर्कले विश्वका अधिकांश मुलुकहरु र जनताहरुमा बलियो मत जाहेर भएका कारण धेरै जसो मुलुकहरुका धेरै जस्तो आर्थिक गतिविधि बन्द भएका छन् । जस मध्येका केहीले आफ्नो विगतको केहि संचित आयबाट दिन गुजारा गरि रहेका छन् भने निम्न आयस्तर भएका र दैनिक ज्याला मजदूरीमा आफ्नो गुजारा चलाइरहेका श्रमिकहरु राज्य तथा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था तथा दाताहरुले प्रदान गरेको राहतमा आधा छाक खाएर तथा भोेकभोकै गुजारा गर्नुपर्ने अवस्थामा पुगेका छन् । यि र यस्तै चित्रले विश्व बजारलाई पूर्ण रुपमा चालएमान गर्न नसकिएसम्म विभिन्न मुलुकहरुका आन्तरिक सरकारहरुले वैकल्पिक सम्भावित क्षेत्रको पहिचान र सुरक्षाका उपायहरु चलाएमान राख्ने उपायहरुको खोजी गर्नु अत्यावश्यक देखिन्छ । अन्यथा कोभिड–१९ को असरलाई नियन्त्रणमा लिंदा सम्म विश्व अर्थतन्त्रमा नै आर्थिक समस्याले दुरावस्था सृजना गर्न सक्छ ।

विकसित मुलुकहरुमा विद्यमान उन्नत प्रविधि तथा अन्य वैकल्पिक प्रयोजनहरुको यथेष्ट खोज तथा अनुसन्धानका कारण पनि यि मुलुकका धेरै क्षेत्रगत गतिविधिहरु वैकल्पिक विधिको प्रयोगद्धारा करिब ७०/९० प्रतिशतको अनुपातमा क्रियाशिल राख्न सकिएको अवस्था छ भने यही तथ्याङ्क विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुको हकमा केवल १५–२० प्रतिशतको अनुपातमा निश्चित रहने अवस्थाको सृजना भएको छ ।

विभिन्न समयमा भएका अध्ययन, अनुसन्धान तथा सर्वेक्षणहरुले पनि कोभिड–१९ को आर्थिक तथा सामाजिक असर तथा अन्य क्षेत्रगत असरहरु विकसित मुलुकहरुमा भन्दा कयौं गुणा बढी विकासोन्मूख तथा अल्पविकसित मुलुकहरुमा पर्ने निश्चित प्राय देखिन्छ । विकसित मुलुकहरुमा विद्यमान उन्नत प्रविधि तथा अन्य वैकल्पिक प्रयोजनहरुको यथेष्ट खोज तथा अनुसन्धानका कारण पनि यि मुलुकका धेरै क्षेत्रगत गतिविधिहरु वैकल्पिक विधिको प्रयोगद्धारा करिब ७०/९० प्रतिशतको अनुपातमा क्रियाशिल राख्न सकिएको अवस्था छ भने यही तथ्याङ्क विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुको हकमा केवल १५–२० प्रतिशतको अनुपातमा निश्चित रहने अवस्थाको सृजना भएको छ । यसले पनि आउँदा दिन विकासोन्मुख तथा अल्पविकसित मुलुकहरुले बेलैमा वैकल्पिक अर्थिक गतिविधिको खोज र क्रियाशिलतामा वृद्धि नगर्ने हो भने ज्यादै ठूलो समस्या अर्थ व्यवस्थामा पर्न सक्ने तर्फ संकेत गरेको छ ।

३–४ महिना लामो लक डाउनको अवस्थालाई साउनको पहिलो साताबाट मुलुकका विभिन्न स्थानहरुमा खुकुलो पारेसँगै बढ्दै गएको कोरोना भाइरसको प्रकोपका कारण मुलुकका विभिन्न स्थानहरुमा पुनः जारी गरिएका निषेध आज्ञाहरुका कारण अर्थ व्यवस्थालाई चलाएमान गराउने आर्थिक क्षेत्रहरु क्रमशः पर्यटन, उद्योग, यातायात, होटल व्यवसाय, सेमिनारहल, कल कारखाना तथा सेवा प्रदायक संघसंस्था तथा एजेन्सीहरु सबै ठप्प रहेको अवस्था छ ।

हामीले नेपाली अर्थतन्त्रको विगत ५ महिना देखीको अवस्थालाई कोभिड–१९को प्रभावसँग जोडेर हेर्ने हो भने हाम्रो अर्थ व्यवस्थाको करिब ८० प्रतिशत भन्दा माथीका आर्थिक गरिविधिहरु ठप्प रहेको अवस्था छ । ३–४ महिना लामो लक डाउनको अवस्थालाई साउनको पहिलो साताबाट मुलुकका विभिन्न स्थानहरुमा खुकुलो पारेसँगै बढ्दै गएको कोरोना भाइरसको प्रकोपका कारण मुलुकका विभिन्न स्थानहरुमा पुनः जारी गरिएका निषेध आज्ञाहरुका कारण अर्थ व्यवस्थालाई चलाएमान गराउने आर्थिक क्षेत्रहरु क्रमशः पर्यटन, उद्योग, यातायात, होटल व्यवसाय, सेमिनारहल, कल कारखाना तथा सेवा प्रदायक संघसंस्था तथा एजेन्सीहरु सबै ठप्प रहेको अवस्था छ । एक हिसावले भन्नु पर्दा आम नेपाली विगत ५–६ महिना देखी आय विहिनताको अवस्था वा कार्य विहिनताको अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्था लामो समयसम्म निरन्तर भएमा यसले एकातर्फ नेपालको कुल ग्राहास्थ उत्पादनमा नकारात्मक असर गर्दछ भने, अर्को तर्फ मानिसहरु दैनिक जीवन निर्वाह गर्न नसक्ने अवस्थामा पुग्दछन् । जसको फलस्वरुप समाजमा सामाजिक तथा आर्थिक विशृङ्खलताहरु चोरी, डकैती, हत्या, हिंसा, भष्ट्राचार आदीले प्रश्रय पाउँछ र समाजलाई नै दूरगामी नकारात्मक असर पर्दछ । त्यसैले वेलैमा अर्थव्यवस्थाको आर्थिक क्रियाकलापहरुलाई चलाएमान गरी आम जनमानसले अर्थोपार्जन गर्ने सुरक्षित वैकल्पिक उपायहरुको खोजी तुरुन्त आवाश्यक छ ।

वर्तमान समयको नेपाली अर्थव्यवस्थाको चित्रलाई हेर्दा नेपाली अर्थ व्यवस्थाको कुल ग्राहास्थ उत्पादनमा कृषी क्षेत्रको योगदान २४.६७ प्रतिशत, उद्योग क्षेत्रको योगदान १३ प्रतिशत, सेवा क्षेत्रको योगदान ५०.६१ प्रतिशत र बाँकी ११.७२ प्रतिशत योगदान अन्य क्षेत्रको रहेको छ । यो तथ्याङ्कलाई हेर्दा पनि नेपालमा कृषी वाहेक पर्यटन, सेवा प्रदायक व्यवसाय तथा रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनको उल्लेख्य हिस्सा ओगटेको देखिन्छ ।

वर्तमान समयको नेपाली अर्थव्यवस्थाको चित्रलाई हेर्दा नेपाली अर्थ व्यवस्थाको कुल ग्राहास्थ उत्पादनमा कृषी क्षेत्रको योगदान २४.६७ प्रतिशत, उद्योग क्षेत्रको योगदान १३ प्रतिशत, सेवा क्षेत्रको योगदान ५०.६१ प्रतिशत र बाँकी ११.७२ प्रतिशत योगदान अन्य क्षेत्रको रहेको छ । यो तथ्याङ्कलाई हेर्दा पनि नेपालमा कृषी वाहेक पर्यटन, सेवा प्रदायक व्यवसाय तथा रेमिट्यान्सले कुल ग्राहस्थ उत्पादनको उल्लेख्य हिस्सा ओगटेको देखिन्छ । तर विडम्बना नेपालको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा ओगट्ने पर्यटन, उद्योग, यातायात, होटल व्यवसाय, सेवा प्रदायक व्यवसाय, बैदेशक रोजगारी आदी क्षेत्र कोभिड–१९ को प्रभाव उल्लेख्य रहँदा सम्म संचालन नहुने अवस्था देखिन्छ । यस्तो अवस्थामा राज्यमा आय आर्जनका धेरै क्षेत्रको आम्दानी शून्य भै यसले अर्थव्यवस्था नै डामाडोल हुने अवस्था आउँछ । त्यसैले राज्य स्तरबाट नै यस्ता समस्याहरुको समाधानकालागि स्पष्ट वैकल्पिक उपायहरुको खोजी गरी यस्ता आर्थिक गतिविधिमा संलग्न हुन सम्पूर्ण नागरिकहरुलाई नै सुरक्षित आव्हान गर्नु खाँचो छ ।

हालको समयमा कोभिड–१९ को उच्च जोखिमका कारण धेरै मानिसको सामुहिक उपस्थिती हुने खालका उद्योगधन्दा तथा व्यावार व्यवसायहरु बन्द गर्नु परेका कारण सृजित वेरोजगारीको अवस्थालाई व्यूनिकरण गर्ने उपायको रुपमा तत्कालकालागि उक्त जनशक्तिलाई कृषी तथा कृषीसँग सम्बन्धित व्यवसायका विाकास तथा विस्तार तर्फ आकर्षण गर्ने खालका आर्थिक क्रियाकालापहरु संचालन गर्नुपर्ने देखिन्छ । वर्तमान लकडाउन तथा निषेधाज्ञाको अवस्थामा पनि नेपालले भारतबाट अरबौंको तरकारी, फलफुल तथा खाद्यान्नहरु आयात गरेर उपभोग गरीरहनु परेको अवस्था छ । यदि हामीले व्यक्तिगत, पारिबारिक, सामुहिक तथा संस्थागत रुपमा हाम्रा बाँझो खेतबारीहरुमा विभिन्न नगदे वाली तथा खाद्यान्न फलफुल उत्पादन गर्न प्रोत्साहन गर्न सके एकतर्फ आन्तरिक उत्पादनलाई वृद्धिगरी वाह्य बजारको निर्भरतालाई घटाउन मद्धत पुग्छ भने अको तर्फ व्यक्ति तथा परिबारले आफ्नो गुमेको आय पुनः प्राप्त गर्ने आवस्थाको सृजना हुन्छ । कृषी उत्पादनलाई परम्परागत उत्पादनमा भन्दा पनि आधुनिक उत्पादनकालागि वातावरण तयार गरिदिने काम सरकारीस्तरबाटै हुनु पर्ने देखिन्छ तर यो कार्यमा सरकारको ध्यान खासै पुगेको देखिंदैन ।

(लेखक आर्य स्कुल, सितापाइलाका संस्थापक प्रिन्सिपल हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *