काठमाडौँ महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ ।श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुगेपछि मेयर शाक्यको पनि कोरोना परीक्षण गरिएको थियो । आज आएको रिपोर्टअनुसार शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उनकाे सचिवालयले जनाएकाे छ ।

मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी हाल होम आइसोलेसनमा बसेका छन् । मेयर शाक्यले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

शाक्य दम्पत्तिले स्वाब दिए पनि उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *