काठमाडौँ । सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा मुलुकमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको उनले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रम गन्तव्यको मागको आधारमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको छ, उनले भने, धेरै समयदेखि श्रम स्वीकृति अड्किएको थियो । श्रम स्वीकृति खुला गर्ने निर्णयले रोजगार गन्तव्यमा जान तयारी श्रमिकलाई सजिलो हुनेछ ।
