रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या प्रकरणमा संलग्न भएको अभियोगमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल पक्राउ परेका छन् ।
उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा बिहारबाट पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको छ । उनीहरु दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।
सोही प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।
