आफैँले बोकेको हतियार प्रयोग गरी सैनिकले गरे आत्माहत्या

काठमाडौँ । नेपाली सेनाका एक जवानले आफैँले बोकेको हतियार प्रयोग गरी आत्माहत्या गरेको छन् । नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरीका एक जवानले आज बिहान २ः ४५ बजे आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको स्थायी कार्यविधिबमोजिम सैनिक प्रहरीसमेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लाशको मुचुल्का तयार गरी शवको पोष्टमार्टमको लागि महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा पठाईएको सेनाले बताएको छ ।

आत्माहत्याको कारण खुल्न सकेको छैन । “के कति कारणले आत्महत्या गरेका हुन भन्ने कुराको अनुसन्धान भइरहेको छ,” सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *