नेपालमा हालसम्म चार चिनियाँ नागरिकलाई कोरोना, एकको मृत्यु

काठमाडौँ । आज पुष्टि भएका दुईसहित नेपालमा कम्तिमा चार चिनियाँ नागरिक कोरोना संक्रमित भएका छन् । तीमध्ये एक जनाको मृत्यु भएको छ ।

चिनियाँ भाषाको सामाजिक सञ्जाल वीच्याटमा रहेको निपोअर ख्वाइस्यून (नेपाल एक्सप्रेस)ले पछिल्लो पटकको परीक्षणबाट दुई चिनियाँमा कोरोना संक्रमणको पुष्टि भएको आज जनाएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुने चिनियाँको संख्या कम्तिमा चार पुगेको उसले जनाएको छ । यीमध्ये एक जनाको मृत्यु भइरहेको छ भने बाँकी तीन संक्रमितको स्वास्थ्य अवस्था बारे केही बताइएको छैन ।

नेपालमा कोरोना भाइरसको महामारीको अवस्था अझ खराब हुँदै जाने विज्ञको भनाई उद्धृत गर्दै उसले नेपालमा रहेका चिनियाँ नागरिकलाई मास्क लगाउने, हात धुनेलगायतका सतर्कता अपनाउन सुझाव दिएको छ । आगामी सेप्टेम्बर १ तारिखका दिनदेखि नेपालचीनबीच व्यवसायिकरुपमा हवाई उडान सुरु हुन लागेको जानकारी दिँदै महामारीविरुद्धका स्वास्थ्य मापदण्ड पालना गर्न अपील गरिएको छ ।

चिनियाँ कम्पनी, नेपाल–चीन संयुक्त लगानीको कम्पनी, ब्यापारीलगायत नेपालका हाल पाँच हजार चिनियाँ रहेको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *