उपप्रधानसहित तीन मन्त्री र प्रधान सेनापतिको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोही स्थानमा बैठकमा सहभागी तीन मन्त्री र प्रधानसेनापति होम क्वारेन्टाइनमा बसेका थिए । साथै उनीहरुको कोभिड–१९ को परीक्षणको लागि स्वाब पनि संकलन गरिएको थियो ।

सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोष बल्लभ पौडेल प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका हुन् । पौडेलले होम क्वारेन्टाइन रहेका प्रधानसेनापति थापा भोलिदेखि नियमित काममा जाने जानकारी दिएका छन् । सीसीएमसीका एक उच्च पदाधिकारीका अनुसार तीनै जना मन्त्रीको कोभिड–१९ के परीक्षणा रिर्पोट नेगेटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *